काठमाण्डौ । विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्स र फेसबुकका संस्थापक मार्क जुकरबर्गका केही सामान्य टिप्सले तपाईलाई पैसा कमाउने कार्यमा सहयोग गर्न सक्छन् । आज हामी तपाईलाई गेट्स र जुकरबर्गको यस्तै केही नियमहरुको बिषयमा बताउन गइरहेका छौ, जसले जीवनलाई अगाडि बढाउन, विजिनेश वा नोकरी गर्न समेत मद्धत गर्नेछन् । 

बिजिनेश इन्साइडरका अनुसार एक फेसबुक लाइभ प्रोग्राममा बिल गेट्सले भनेका थिए कि समझदार हुनका लागि कुनै एउटा मात्र तरिका वा शैली हुँदैन । अलग–अलग क्षमताको विकास गर्नसक्ने कलाले तपाईलाई सफल बनाउनसक्छ । गेट्सले सो क्रममा भनेका छन् कि उनलाई पहिला जसको आइक्यू लेभल राम्रो छ, उसले सबै कुरा गर्नसक्छ भन्ने लाग्थ्यो, तर त्यो यथार्थ होइन रहेछ । तपाईको आइक्यूू लेभलले मात्रै तपाईलाई इन्टलिजेन्ट बनाउँदैन, बरु तपाईभित्रको अलग–अलग खालका क्षमताले तपाईलाई इन्टलीजेन्ट बनाउँछ । गेट्सका अनुसार प्रायः भनिन्छ स्मार्ट र सामान्य आइडियाले सबै कुराको समाधान निकाल्न सकिन्छ, तर उनले यो कुरालाई हालसम्म पनि बुुझेका छैनन् । 

आफैंमाथिको भरोसा
फेसबुकका संस्थापकले युवाहरुलाई आफूमाथि बढी भरोसा गर्न सुुझाव दिएका छन्, किनभने तपाईले जति सोच्न सक्नुुहुन्छ, चाहनुुभयो भने त्यो भन्दा बढी गर्न सक्नुुहुन्छ । यो भरोसा राख्नुुहोस् कि तपाईले जे कुरा पनि सिक्न सक्नुुहुन्छ वा तपाईमा त्यो क्षमता छ । युवा अवस्थामा धेरैबाट यो सुनिन्छ कि उनीहरुसँग कुनै पनि कामको अनुुभव छैन, बाँकी मानिस मात्र तपाईभन्दा बढी अनुुभवी छन्, यस्तो लाग्छ । तर, जुकरबर्गले आफ्नै उदाहरण दिंदै खुलासा गरेका छन् कि जब उनले फेसबुक सुरु गरेका थिए, त्यसबेला उनको उमेर मात्र १९ वर्षको थियो । 

काम र घरबीच सन्तुलन बनाइराख्ने
द बिल तथा मिलिण्डा गेट्स फाउण्डेसनकी संस्थापक चेयरमेन मेलिण्डा गेट्सले भनेकी छिन् कि महिलाहरुका लागि परिवार, काम तथा करिअरबीच सन्तुलन कायम गर्नु निकै चुनौतिपूर्ण छ, तर गाह्रो पनि छैन । जीवनमा सधैं आफ्नो प्राथमिकतालाई सेट गर्नुहोस् । आफ्नो सम्बन्धमा समेत ध्यान दिनुहोस् । उनले भनेकी छिन् कि उनले फाउण्डेसनसँग जोडिएका सबै काम गर्छिन् र हरेक दिनको अन्तमा उनको प्राथमिकता उनको परिवार र बालबच्चाहरु हुन्छन् । 

के बन्न सकिन्छ भन्ने कुरा नदेखाउने
तपाई भविष्यमा के बन्न सक्नुुहुन्छ भन्ने कुराको अहिलेदेखि नै देखाउने वा भन्ने काम बन्द गर्नुहोस् । त्यसकारण यस्ता ट्रयापमा कहिल्यै नफस्नुुहोस् र आफ्नो सपनालाई त्यो बेलासम्म सुरक्षित र गोप्य राख्नुुहोस्, जबसम्म तपाई सफल बन्नुहुुन्न । जब तपाईले आफ्नो लक्ष्य प्राप्ति गर्नुहुन्छ, तब समाजलाई केही न केही दिन नभूल्नुहोस् । त्यसबेला विश्वले तपाईको सराहना गर्नेछ ।

कलेजबाट निस्किनेबित्तिकै सफल भइन्न
तपाई स्कूल वा कलेजबाट पढाई सकेर निस्किने बित्तिकै महिनाको ५ लाख कमाउनसक्ने बन्न सक्नुुहुन्न । तपाई सिधै भाइस प्रेसिडेन्ट पनि बन्न सक्नुुहुन्न । बिस्तारै अगाडि बढ्नुुहोस् र लक्ष्यमा पुुग्नुहोस् । तपाई एकैदिनमा उचाईमा पुुग्न सक्नुुहुन्न । तपाईले जे सोच्नुुभएको छ त्यो गर्न सक्नुुहुन्छ, तर त्यसका लागि काम गर्नुपर्ने हुन्छ । आफ्नो सफलता आफ्ना र अरुका लागि समेत पाच्य हुनुुपर्छ भन्ने कुरा भूल्नुुहुन्न ।