काठमाण्डौ। भारतका एक वैज्ञानिकले यही जुुन २१ मा लाग्ने सूर्यग्रहणपछि कोरोनाभाइरस महामारी अन्त्य हुुने दाबी गरेका छन्।

भारतको चेन्नाईका वैज्ञानिकले सूर्य ग्रहण र कोरोनाभाइरसबीच सम्बन्ध रहेको उल्लेख गर्दै यस्तो दाबी गरेका हुन्। भारतीय सञ्चार दैनिक जागरणमा प्रकाशित समाचारअनुसार न्युुक्लियर र अर्थ वैज्ञानिक डा केएल सुुन्दर कृष्णाले गत वर्ष २६ डिसेम्बरमा देखिएको सूर्य ग्रहणको कोरोनाभाइरससँग सीधा सम्बन्ध रहेको र अब २१ जुुनमा देखिने सूर्य ग्रहणपछि कोरोना महामारीको प्रकोप अन्त्य हुुने दाबी गरेका छन्। 

सुुन्दर कृष्णाका अनुुसार सूर्यग्रहणपछि उत्र्सजित विखण्डन ऊर्जाका कारण पहिलो न्युुट्रोनको कणको सम्पर्कपछि कोरोनाभाइरस देखिएको थियो। उनले मानवजीवनलाई नष्ट गर्नका लागि सन् २०१९ को डिसेम्बरमा कोरोनाभाइरस देखा परेको बताएका छन्। “मेरो बुुझाइअनुुसार गत वर्षको २६ डिसेम्बरमा देखिएको अन्तिम सूर्य ग्रहणपछि सौर्यमण्डलमा रहेका ग्रहहरुको स्थितिमा बदलाव भएको छ”, उनले भने। 

सुन्दर कृष्णाका अनुुसार ग्रहहरुका बीच ऊर्जामा देखिएको बदलावका कारण यो  भाइरस माथिल्लो वायुुमण्डलमा उत्पन्न भएको हो। ‘यही बदलावका कारण पृथ्वीमा कोरोनाभाइरसका लािग उचित वातावरण सिर्जना भयो’, उनले भनेका छन्, ‘यो न्युुट्रोन सूर्यको सबैभन्दा अधिक विखण्डन ऊर्जाबाट निस्किरहेको छ। उनका अनुुसार न्युुक्लियर फर्मेसनको यो प्रक्रिया बाहिरी मेटिरियलका कारण सुुरु भएको हुुन सक्छ। जुुन माथिल्लो वायुुमण्डलमा बायो मोलिक्युुलर तथा बायो न्युुक्लियरको सम्पर्कबाट आउँदा हुुन सक्छ। बायो मोलिक्युुल्स् संरचनाको म्युुटेसन यो भाइरसको एउटा सम्भावित स्रोत हुुन सक्छ।’

सुन्दर कृष्णाका अनुुसार म्युुटेसन प्रक्रिया सबैभन्दा पहिले चीनमा सुुरु भएको हुुन सक्छ। तथापि उनको यो दाबीको कुुनै ठोस प्रमाण भने छैन। उनले यो भाइरस जानीजानी गरिएको एक प्रयोगको हिस्सा पनि हुुन सक्ने बताएका छन्। यसका साथै उनले जुुन २१ गते लाग्ने सूर्य ग्रहणको प्रकाशले यो भाइरसलाई नष्ट गर्ने दाबी गरेका छन्। यो समान्य प्रक्रिया भएको र यसमा आत्तिनुुपर्ने कुुनै कारण नभएको उनले बताएका छन्। 

यो सूर्यग्रहण नेपाल, भारत, पाकिस्तान, साउदी अरब, यूएई, इथियोपिया र कंगोबाट देखिनेछ। – एजेन्सी