काठमाण्डौ । जुुमइन्फो टेक्नोलोजिजले आफ्नो प्राथमिक सेयर निष्कासन (आईपीओ) को प्रतिसेयर मूल्य २१ डलर कायम गरेको छ।

कम्पनीले बिहीबार यो मूल्य यो वर्षको अहिलेसम्मकै अमेरिकाको ठूलो प्राविधिक लिस्टिङमा कम्पनीको संशोधित लक्ष्य सीमाभन्दा धेरै भएको जनाएको छ। मार्च र अप्रिल महिनामा बजारमा देखिएको उथलपुुथलका कारण धेरैजसो लिस्टिङहरुमा ढिलाइ भएकाले आईपीओ निष्कासनका लागि धरै नै व्यस्त रहेको यो सातामा जुुमको यो लिस्टिङ नविनतम हो। 

कार्लाइल गुुप्रले प्रतिसेयर २१ डलरमा ४४.५ मिलियन सेयर बिक्री गरेको र यसबाट ९३४.५ मिलियन डलर जुुटाउने जनाएको छ। यसका साथै यसबाट कम्पनीको मूल्य ८ बिलियन डलरभन्दा माथि पुुग्ने जनाइएको छ। 

जुुमको कारोबार बिहीबारबाट नास्डकमा सुुरु भएको छ। यसको कारोबार संकेत “जेटआई” रहेको छ। – एजेन्सी