काठमाण्डौ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ। 

चन्दननाथ–८ धुपी ढुस्का माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले बताए। डीएसपी धामीका अनुसार ती वृद्ध गत जेठ २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका थिए। 

ती वृद्धमा दमको समस्या थियो। डीएसपी धामीका अनुसार सुर्खेतस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली स्वाब संकलनका लागि उक्त क्वारेन्टाइनमा जाने तयारी गरिरहेको छ।