काठमाण्डौ । एनआइसी एशिया बैंकलले आइतबार जुम्लाको चन्दननाथ नगरपालिका र महोत्तरीको बर्दीबासमा दुुई नयाँ शाखाहरु स्थापनासँगै बैकिंग सेवाको औपचारिक सुरुवात गरेको छ । 

चन्दननाथ नगरपालिका वडानम्बर ५ र बर्दिबास नगरपालिका वडानम्बर १ मा शाखा कार्यालय स्थापनासँगै भिन्ना भिन्नै कार्यक्रम गरी औपचारिक उद्घाटन गरिएको हो । 

जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष रामदत्त रावलबाट जुम्ला शाखाको र महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीबाट बर्दिबास शाखाको औपचारिक उद्घाटन गरिएको बैंकले जनाएको छ । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।