जुम्ला । जुम्लामा  पहिलो पटक (हाईटेक) स्याउको नर्सरी  स्थापना गरिएको छ । 

जिल्लामा जतिबेलादेखि स्याउको बिरुवा रोप्न सुरु भयो, त्यतिबेलादेखि भारतबाट आजसम्म पनि स्याउको बिरुवा ल्याएर लगाउने चलन छ । जुम्लामा आफैं स्याउका विरुवा उत्पादन नगर्ने भएकोले पनि भारतको विभिन्न स्थानबाट बिरुवा ल्याएर रोप्नुपर्ने बाध्यता थियो । तर अब जुम्लामा नै उन्नत जातको स्याउको बिरुवा उत्पादन गरिने भएको छ । 

जुम्लामा पाईने स्थानीय जातको  स्याउको बिरुवाभन्दा दोब्बर उत्पादन दिने मदर प्लान्ट र रुट स्टक(बिरुवाको जरा) भारतको सिम्लाबाट १० लाख रुपैयाँको लागतमा चारसय स्याउको भाइरस फ्रि  बिरुवा ल्याएर स्याउको बिरुवा उत्पादन गरिने भएको छ । 

एक बिरुवाको जराबाट नै बीस बोटसम्म विरुवा उत्पादन दिनसक्ने क्षमता भएको उक्त विरुवाबाट पहिलेको विरुवा स्थानिय जातको बिरुवा भन्दा छोटो समयमा नै धेरै नाफा लिन सक्ने भएकोले किसानहरुलाई राहात पुग्ने भएको छ । 

भारतबाट माउबोट ल्याएर जुम्लामा पहिलोपटक उत्पादन गर्न थालेको हाईटेक नर्सरी धनी रतनबहादुर रावतले बताए ।  स्थानीय स्याउको बिरुवाभन्दा फरक जातको एम सेरिजको ११, एम सेरिजको ०८ र ०७ जातको स्याउको बिरुवाले दोब्बर उत्पादन दिने भएकोले हाईटेक नर्सरीको स्थापना गरेको रावतले बताए । 

जुन पहिले स्थानीय जातको स्याउको नर्सरी स्थापना गरेको ठाउँबाट नै तीन गुणा उत्पादनमा वृद्धि दिने भएकोले हाईटेक नर्सरी स्थापना गरेको रावतले बताए । 

जिल्लामा दुईजना किसानले पहिलो पटक अलग अलग रुपमा हाईटेक नर्सरी स्थापना गरेको रावतले बताए । विरुवाको लागि टनेलभित्र आवश्यक पर्ने सबै उपकरणबाट उत्पादन हुने भएकोले पनि स्थानीय जातको नर्सरीभन्दा दोब्बर उत्पादन दिने क्षमता भएको उनले बताए । 

हाईटेक विरुवा जुम्लाको हावापानी अनुकल भएको जुम्लामा सजिलै संग फलाउन सक्ने स्याउ सुपरजोन जुम्लाका  स्याउ विज्ञ रामलाल श्रेष्ठले बताए ।

उनकाअनुसार उक्त स्याउको मदर प्लान्ट र बिरुवाको जराले वर्षमा दुई पटक विरुवा उत्पादन गर्ने क्षमता भएको र जुम्लाका किसानहरुलाई स्याउका विरुवा आफै उत्पादन गरी आत्मनिर्भर हुनको लागि पनि यो नयाँ प्रविधि हाईटेक विरुवा उत्पादन गर्न सहयोग र सल्लाह दिएको बताए । 

धेरै उत्पादन दिने र भाइरस फ्रि बिरुवामा रोग लाग्ने सम्भावना कम हुने र यसले गर्दा जिल्लालाई स्याउमा आत्मनिर्भर बनाउन सहज हुने श्रेष्ठले बताए । 

१ करोड १७ लाख ५९ हजार ७ सय ५० रुपैयाँको लागतमा हाईटेक नर्सरी स्थापना गरी उन्नत जातको स्याउको  बिरुवा उत्पादन गरिने भएको छ ।

स्याउ सुपरजोन कार्यक्रम जुम्लाको ८५ प्रतिशत आर्थिक सहयोग र नर्सरी धनीको १५ प्रतिशत लागतमा उक्त हाईटेक नर्सरी स्थापना भएको हो ।

जुम्लाका किसानका स्याउ बगैंचामा बेला बेलामा रोग तथा किराले निराश बनाएका सयममा जुम्लामै भाइसर फ्रि स्याउको विरुवा उत्पादन हुने भएपछि जुम्लाका स्याउ किसान हर्षित भएका छन् ।