काठमाडौँ । थामिनसक्नुको हकप्रदको भारी बोकाउन लागेको साहारा विकास बैंकले जेठ ६ गते बाट निष्काशन खुल्ने जानकारी दिएको छ । एक सय कित्ता शेयर बराबर २ सय ५० (१ः२.५०) कित्ता अर्थात् दुइ सय प्रचास प्रतिशतको अनुपातमा जारी हुने हकप्रद असार ९ मा निष्काशन बन्द हुने उल्लेख गरिएको छ । बैंकले वैशाख १० गते सेयरधनी किताब बन्द गरेकाले वैशाख ९ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।


देव विकास बैंकले एक्वायर गर्न लागेको सहाराले हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरिसकेको छ । बैंकले एनआईबीएल एस क्यापिटल मार्फत १ बराबर २ दशमलव ५ को अनुपातमा १८ लाख २४ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।


हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २ सय ५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्नेछ ।


हाल कायम भएका शेयरधनीले बैंकका सबै शाखा तथा सी–आश्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थामाफत् बैंकको हकप्रदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यसका साथै मेरो शेयरमा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेका लगनीकर्ताले भने घरमै बसीबसी आवदेन गर्न सक्नेछन् ।