काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले विश्वकै सर्वाधिक धनीको ताज केही घण्टा मात्र जोगाउन सके । केही घण्टाका लागि बिल गेट्सलाई समेत पछि पार्दै विश्वकै धनी बनेका उनी फेरि दोश्रो नम्बरमा ओर्लिएका छन् । 

फोब्र्सका अनुसार बिहीबार अमेजन कम्पनीको सेयरमा आएको उछालका कारण बेजोस माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सभन्दा एककदम अगाडि बढ्दै विश्वको सर्वाधिक धनी बन्न सफल भएका थिए । 

सेयर बजार खुल्नासाथ अमेजनको सेयर मूल्यमा उछाल आयो र केही बेरमै बिजोसको सम्पत्ति ८० करोड भन्दा बढी वृद्धि भयो । 

तर, लगत्तै कम्पनीको सेयरमा गिरावट आयो र जेफ फेरि विश्वका सर्वाधिक धनीहरुको सूचिको २ नम्बरमै झर्न पुुगे । 

उनको कम्पनीले अहिले विश्वभर खाद्यवस्तुदेखि लिएर टेलिभिजन र अन्य आवश्यक सबै बस्तुहरु बिक्रीको सुविधा ल्याएको छ । 

बिजोसले सन् १९९४ मा सेयर बजारमा काम गर्न छाडेर अनलाइन इकमर्स वेबसाइट अमेजन स्थापना गरेका थिए । 

यो वर्षको पहिलो त्रैमासमा कम्पनीको बिक्री दर तीव्र गतिमा बढ्यो । विश्लेषकहरुले कम्पनीको बिक्रीमा बढोत्तरी अझै जारी रहने बताएका छन् । बेजोससँग अमेजनको १७ प्रतिशत सेयर हिस्सा रहेको छ, जसको मूल्य ५ हजार अर्ब डलर रहेको छ । 

यो पनि पढ्नुहोस् :