काठमाण्डौ । जब विश्वका सर्वाधिक धनी मान्छेको चर्चा हुन्छ, तब बिल गेट्सको नाम अगाडि आउँछ । उनी लामो समयसम्म विश्वकै सर्वाधिक धनीको व्यक्तिको रुपमा रहन सफल भए । तर, पछिल्लो केही समयदेखि इकमर्स कम्पनी अमेजनका संस्थापक जेफ बोजेसले बिल गेट्सलाई टपेर विश्वकै धनी व्यक्ति बन्न सफल भए । तर, विश्वमा एउटा यस्तो परिवार पनि छ, जोसँग बिल गेट्स र जेफ बेजोसको भन्दा कयौं बढी सम्पत्ति रहेको छ । 

तपाईलाई आश्चर्य लाग्नसक्छ, यो परिवारको कुल सम्पत्ति १३  लाख करोड भन्दा बढी रहेको छ भन्ने कुरा सुनेर । आउनुहोस्, यो परिवारको बिषयमा जानौं:

१३ लाख करोड बढी सम्पत्ति
यो परिवार रिटेल मार्केटको सबैभन्दा ठूलो कम्पनी वालमार्टसँग सम्बधित रहेको छ । यो परिवारमा वालमार्टका पूर्व चेयरमेन रोब वाल्टन(४.५ लाख करोड), एलिक वाल्टन(४.४ लाख करोड) र जिम वाल्टन(४.८ लाख करोड) रहेका छन् । यी भाइबहिनी वालमार्टका संस्था सेम वाल्टनका बालबच्चा हुन । यी तीनैजनाको कुल सम्पत्तिको कुरा गर्ने हो भने १३ लाख करोड भन्दा बढी रकम रहेको छ।

टप २० र्याकिङमा परिवार
ब्लुुमबर्ग बिलेनियर इण्डेक्सका अनुसार यो परिवार विश्वका सबैभन्दा धनी मानिसमा टप २० को र्याकिङमा छ । रोब वाल्टनको र्याकिङ १५ नम्बरमा रहेको छ । यस्तै, जिम र एलिक वाल्टनको स्थान क्रमशः १७ र १८ औं नम्बरमा छ । 

वालमार्टको सफलताको कथा
विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टको सफलताको कथा कुनै दन्त्यकथा भन्दा कम छैन । सन् १९४५ मा स्थानीय कारोबार सेम वाल्टनले बेन फ्रेंकलिन स्टोर खरीद गरे, जहाँ उनले विभिन्न सामान निकै सस्तो मूल्यमा बिक्री गर्दथे । वाल्टनलाई यसो गर्दा निकै छिटो नाफा आउन थाल्यो र उनले आफ्नो स्टोर्सलाई समेत बिस्तार गर्न थाले । आज यो कम्पनीको विश्वभरका २८ देशमा ११ हजार ६ सय ९५ भन्दा बढी स्टोरहरु रहेका छन् । कम्पनीको सन् २०१६ मा कुल रेभेन्यूू ४९ लाख करोड भन्दा बढी रहेको छ । 

स्मरण रहोस्, विश्वका सबैभन्दा धनी जेफ बेजोसको कुल सम्पत्ति १० लाख करोड रुपैयाँ रहेको छ भने बिल गेट्सको कुल सम्पत्ति ९ लाख करोड रुपैयाँ भन्दा केही बढी रहेको छ ।