काठमाण्डौ । सुमधुर स्वरका लागि चिनिने जेम्स् प्रधानले टुबोर्ग ओपन सेसन्स् सिजन-२ मा आफ्नो लोकप्रिय गीत ‘आईदेउ आईदेउ’ को लाईभ प्रस्तुती पेश गरेका छन् । 

सन् २००४ मा रिलिज भएको ‘आईदेउ आईदेउ’ टुबोर्ग ओपन सेसन्स् सिजन२ का लागि विशेष रुपमा रिएरेञ्ज गरिएको छ ।

‘आईदेउ आईदेउ’ले एक प्रेमीको ईच्छाहरु व्यक्त गर्दछ । प्रधानले गीतको शब्द, संगीत र गायनमा काम गरेका छन् भने ड्रम्स्मा प्रबिन मानन्धर, बेस्मा पवन कपाली र गितारमा भुपेन्द्र बज्रचार्य र ज्योति घिमिरे रहेका छन् । 

नेपाली संगीतबजारमा प्रधान प्रचलित कम्पोजर रहेका छन र धेरै लोकप्रिय हिटहरु दिएका छन् । उनको गीत गाउने भिन्न शैलीका लागि पनि उनलाई चिनिन्छ ।

टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो, जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुतीहरु पेश गरिन्छ । उक्त डिजिटल प्ल्याटफर्मले विभिन्न प्रसिद्घ कलाकारहरुको सांगीतिक सहकार्यमार्फत पुराना र हालका लोकप्रिय गीतहरुलाई नयाँ शैलीमा प्रस्तुत गर्दछ ।

नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने पनि यस सेसनको लक्ष्य रहेको छ । सिजन १ मा युट्युबमा च्यानल आरबिट्ररीमार्फत अपलोड गरिएको ५१ वटा बेजोड गीतहरुले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।