काठमाण्डौ । कर्ट वोन बडिन्स्की एक मेकानिकल इञ्जिनियर हुन् । यसका साथै उनी सन फ्रान्सिस्कोस्थित एक टेक कम्पनीको सहसंस्थापक पनि हुन् । 

उनी लस एञ्जल्सबाट आफ्नो अफिस जानका लागि प्रत्येक दिन ६ घण्टाको यात्रा गर्छन् । कर्ट हरेक दिन यो दूरी प्लेनबाट पूरा गर्छन् । उनी साताको ५ दिन अफिस जान्छन् । 

बीबीसीका अनुसार कर्ट बिहान ५ः३० बजे उठ्छन । उनी बब होप बर्रबैंक एयरपोर्ट पुुग्नका लागि १५ मिनेट डाइभ गर्छन। यसपछि प्लेनबाट ओकल्याण्ड जान ९० मिनेट समय लाग्छ । प्रत्येक महिना २३०० डलर तिरेर कर्टले सिंगल इञ्जिन टर्बोप्रोप हवाइजहाजको असीमित सेवा हासिल गर्न सक्छन् । 

सामान्य चेकजाँच पनि कर्ट सोझै मुख्य टर्मिनलमा पुुग्छन् । कुनै पनि सामान्य सुरक्षा जाँच उनले झेल्नुु पर्दैन । यसकारण उनी आफ्नो गाडी पार्किंग गरेपछि सोझै प्लेनमा पुुग्छन् । 

कर्टले सान फ्रान्सिस्को आवतजावतका लागि ओकल्याण्ड एयरपोर्टमा एउटा कार राखेका छन् । सो कार विद्युतबाट चल्छ । लस एञ्जल्समा त प्राय घाम देखिन्छ, तर सान फ्रान्सिस्कोमा सधैं चिसो हुने गर्छ । 

अफिसबाट फर्कने क्रममा कर्टले ओकल्याण्ड एयरपोर्टमा साँझ ७ः१५ को फ्लाइट पक्रिन्छन् । र्बरबैंकमा रहेको आफ्नो घरमा कर्ट पुुग्दा हरेक दिन राति ९ बजिसकेको हुन्छ । 

कर्टले बीबीसीसँग भनेका छन्–‘मैले ६ घण्टाको यात्राको औचित्य राम्रोसँग बुुझेको छुु । यसमा ती सबै चिजहरु छन्, जुन म चाहन्छु। म प्रत्येक दिन बिहान हुनेबित्तिकै आफ्नो दैनिकीको सुरुवात गर्न सधैं उत्साहित हुन्छु।’