काठमाण्डौ । सिद्धार्थ बैंकले काठमाण्डौस्थित गोकर्णेश्वरको जोरपाटी र कुलेश्वरमा बिहीबार शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको छ । 

एक समारोहका बीच यी दुवै स्थानमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । बैंकका अध्यक्ष मनोजकुमार केडियाले ती दुवै शाखाको उद्घाटन गरेका बैंकले जनाएको छ । 

बैंकले ती दुवै शाखा कार्यालयहरुमार्फत सबै बैकिंग सेवाको साथमा एटीएम सेवा समेत उपलब्ध गराउने बताइएको छ ।  

यस शाखा समेत बैंकले देशभरि रहेका  ७७ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम काउण्टर, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।