काठमाण्डौ । शोधकर्ताहरुले गरेको एक खोजको क्रममा दैनिक तीनपटकसम्म कफी पिउने मानिसको आयुु लामो हुने तथ्य पत्ता लागेको छ । 

बीबीसीका अनुसार यस्तो शोध यूरोपका १० देशका ५ लाख मानिसमा गरिएको थियो । यो शोध ३५ वर्ष भन्दा माथिका मानिसहरुमा गरिएको थियो । 

एनाल्स अफ इन्टरनल मेडिसिन नामको जर्नलमा छापिएको शोधमा भनिएको छ कि एक कप बढी कफी पिएपछि कुनै पनि मानिसको आयुु लम्बिन्छ । 

तर, कतिपय शोधकर्ताहरुले यो नतिजाप्रति शंका व्यक्त गरेका छन् । उनीहरुले भनेका छन् कि कफीकै कारण मानिसको आयुु लम्बिएको हो या कफी पिउने मानिसहरुको स्वस्थ जीवनशैलीका कारण यस्तो देखिएको भन्ने कुरा यकिन गर्न सकिन्न । 

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर एण्ड इम्पेरियल कलेज लण्डका शोधकर्ताको भनाईमा अधिक कफी पिउँदा मुटुको बिरामीबाट मर्ने जोखिम कम हुन्छ । 

युनिभरसिटी अफ क्याब्रिजका प्रोफेसर सर डेविड स्पीगलहालटरको भनाईमा यदि कफीका कारण मृत्युको दरमा कमीको आँकलन गर्ने हो भने एक अतिरिक्त कफी प्रत्येक दिन पिउँदा पुरुषको उमेर तीन महिना थप हुनेछ । तर, महिलाको आयुु औसत १ महिना थपिनेछ ।