काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ज्योति विकास बैंकलाई हाम्रो विकास बैंक प्राप्तिका लागि पहिलो चरणको स्वीकृति दिएको छ । 

नुवाकोटमा मुख्य कार्यालय रहेको हाम्रो विकास बैंकलाई प्राप्तिका लागि ज्योति विकास बैंकले २०७५ असारमा सम्झौता गरेको थियो । 

यी दुई बैंकबीच डिडिएले सेयर स्वाप रेसियो टुंग्याउने गरी प्राप्तिको सम्झौतो भएको थियो । यो सम्झौता कायमै छ । 

हाल ज्योति विकास बैंकको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हाम्रो विकास बैंकको चुक्तापूँजी भने ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । 

मर्जरपछि बन्ने ज्योति विकास बैंकको निक्षेप २० अर्ब ५० करोड र कर्जा १७ अर्ब ५० करोड रुपैयाँ हुनेछ । शाखा संख्या ६७ पुग्नेछ ।

यसअघि ज्योतिले झिम्रुक विकास बैंक र राप्तिभेरी विकास बैंकलाई प्राप्ति गरेको थियो ।