काठमाण्डौ । ज्योति विकास बैंक र देवः विकास बैंकबीच भदौ ३ गते रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र देव: विकास  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर श्रेष्ठलेले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै ज्योति विकास बैंकले हालैबाट संचालनमा ल्याएको ज्योति रेमिट सेवा देव: विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउँदैछन् ।

यस सम्झौतापश्चात देवस् विकास बैँकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।