काठमाण्डौ । ज्योति विकास बैंक र कुमारी बैंकबीच साउन २९ गते रेमिट सेवा आदानप्रदानको सम्झौता भएको छ । 

सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृते उमेशसिंह भण्डारीले हस्ताक्षर गरे । 

यो सम्झौतापछि ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैंकका सबै शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन् भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा ल्याउने बैंकको योजना छ ।