काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ मूल्यको साधारण सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ । 

सो सम्बन्धमा ज्योति लाइफ र एनएमबी क्यापिटल लिमीटेडबीच मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र ज्योति लाइफको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले हस्ताक्षर गरे । सो अवसरमा ज्योति लाईफका कम्पनी सचिव रामप्रसाद थपलिया तथा एनएमबि क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमलप्रसाद नेपाल र विजनेश विभाग प्रमुख रोश्ना मानन्धरको समेत उपस्थिति रहेको थियो । 

ज्योति लाइफले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ६६ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रस्ताव माघ १० गतेको साधारणसभाबाट पारित गरिसकेको छ । अब धितोपत्र बोर्ड र बिमा समितिले अनुमति दिएपछि यो कम्पनीको आइपीओ सर्वसाधारणका लागि निश्कासन गरिनेछ । उल्लेखित शेयर वीमा समिति, नेपाल धितोपत्र बोर्ड लगायतका अन्य नियमनकारी निकायहरुको स्वीकृति पश्चात जारी गरिने र उक्त शेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी रु. २.२० अर्ब पुग्ने कम्पनीले जनाएको छ ।