काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र ज्योति विकास बैंकबीच ज्योति विकास बैंकले गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

जेठ ७ गते सोमबार गरिमा विकास बैंक लिमीटेडका तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र ज्योति विकास बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि हाल देशभर रहेका ज्योति विकास बैंकका ५० वटा शाखा कार्यालबाट गरिमा रेमिटमार्फत रकम पाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।