काठमाण्डौ । ज्योति विकास बैंकले क्षेत्रीय स्तरको हाम्रो विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।
सो सम्बन्धी सम्झौता दुवै बैंकका अधिकारीबीच आइतबार सम्पन्न भएको ज्योति विकास बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।
राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको हा । ज्योति विकास बैंकको केन्द्रिय कार्यालय कमलादीमा असार ३१ गते ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा हाम्रो विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरि प्रसादले प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
दुवै बैंकका संचालकबीच डिडिएबाट आउने सेयर स्वापत अनुपातलाई स्वीकार गरेर अगाडि बढ्ने सहमति समेत भएको छ ।
ज्योति विकास बैंकको हालको चुक्तापुंजी रु. २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । त्यस्तै हाम्रो विकास बैंकको चुक्ता पुंजी रु ४९ कराड २२ लाख रहेको छ । यसरी हाम्रोलाई प्राप्तिपछि बन्ने ज्योति विकास बैंकको चुक्तापूँजी ३ अर्ब ९ करोडको हाराहारीमा पुग्नेछ । साथै, हाम्रो विकास बैकको प्राप्ति पछि ज्योति विकास बैंकको कुल निक्षेप रकम करिब रु २०.५० अर्ब, कर्जा रकम करिब रु १७.५० अर्ब नाघ्ने छ साथै शाखा सञ्जाल ६७ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंग मर्जर र राप्तिभेरि विकास बैंकसंग प्राप्ति प्रक्रिया सम्पन्न गरिसकेको छ ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago