काठमाण्डौ । ज्योति विकास बैंक र स्टार हस्पिटल, सानेपा हाइट, ललितपुर, बीच सहकार्यको सम्झौता भएको छ । 

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिलकुमार शर्मा र अस्पतालका तर्फबाट  सि. ओ. ओ. डा. सन्देश जि.सि.ले हस्ताक्षर गरेका छन् । 

बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाइ यो सुविधाको लाभ लिन सक्ने बताइएको छ ।