काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरे । 

अब ज्योति लाइफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झञ्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।