काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ३० करोड ९१ लाख बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २९ करोड २३ लाखमा सीमित थियो ।

अघिल्लो वर्ष १४ लाखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर २ करोड २ लाखको उचाईमा पुगेको छ । 

यो अवधिमा कम्पनीले ५ लाख १६ हजार दाबी भुक्तानी गरेको छ भने जीवन बिमा कोषको आकार बढाई ३२ करोड ८९ लाखको  उचाई चुमाएको छ । 
महाविपत्ति जगेडामा १ करोड ८० लाख जम्मा भएको छ भने अघिल्लो वर्ष ८ करोड ९९ लाखमा सीमित रिजर्बको आकार बढी यो वर्ष १७ करोड १८ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.३१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१.६६ रुपैयाँ कायम भएको छ ।