काठमाण्डौ । एनआइसी एशिया बैंकले झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ८  स्थित झिलेझिलेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । 

बिहीबार एक समारोहका  बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले सो शाखा कार्यालयको विधिवत उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवम्, ४ एक्स्टेन्सन  काउण्टरहरु मार्फतसेवा प्रदान गर्दै आईरहेको छ। 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना पनि अगाडि सारेको छ ।