काठमाण्डौ । सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले गरे । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मगरमार्फत “अपाङ्ग बालशिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुको स्कुल पोशाकका लागि बैंकको तर्फबाट प्रदान गरिएको नगद सहयोग पनि हस्तान्तरण गरियो ।

उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोषकुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी,व्यवसायी, गन्यमान्य ब्यक्तितथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 

मेयर हरिकुमार राना मगरले बैंकको उपस्थितिबिना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा बताएका थिए । 

सिभिल बैंकका यूवराज गुरागाईंले आर्थिक विकासका लागि बैंक अपरिहार्य रहेको बताए । उनले सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बताए । 

बैंकले प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकीले बताएका थिए ।

सिभिल बैंकको अर्जूनधारा शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेको छ ।