काठमाण्डौ । सिभिल बैंकले झापा जिल्लाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गरे । 

सो शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, उपमेयर मञ्जू शर्मा, कन्काई उद्योग वाणीज्य संघका महासचिव तुलसी विमली, सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनीतिक व्यक्तिहरु, उद्योगी, व्यवसायी, लब्धप्रतिष्ठित र सर्वसाधारणको सहभागिता थियो ।

मेयर पोखरेलले सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । कन्काईमा सिभिल बैंकले शाखा खोलेकोमा धन्यवाद समेत प्रकट गरेका थिए ।

सिभिल बैंकको सुरुङ्गा शाखा सहित यस बैंकको कुल शाखा संख्या ७५ पुगेको पनि बैंकले जनाएको छ ।