काठमाडौं । विगत लामो समयदेखि स्कीन ढोकाहरुको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको टिम्वर क्राफ्ट प्रालिको शाखा झापाको विर्तामोडमा पनि संचालनमा आएको छ । 

मंगलबार एक कार्यक्रमबीच शाखा कार्यालयको रुपमा इस्ट टिम्बर प्रालिको उद्घाटन गरिएको छ ।

देशका बिभिन्न जिल्लाहरुमा सेवा विस्तार गरिरहेको कम्पनीले अब प्रदेश १ मा पनि उक्त शाखामार्फत नेपालमै बनेका स्कीन ढोकाहरु बजार विस्तार गर्ने टिम्बर क्राफ्टका प्रवन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले जानकारी दिए । उनले भने, ‘नेपाली उत्पादन भनेपछि प्रयोग गर्न पनि आम मानिसले गर्व गर्न लायक परिणाम हाम्रा ढोकाहरुले दिनेछन्, यसको लागि हामी रात दिन नभनी सस्तोमा टिकाउ, भरपर्दो ढोकाहरु उत्पादन गर्नतिर लागेका छौं ।’

ललितपुरको सातदोवाटोमा प्रमुख कार्यालय र नवलपरासी गैंडाकोटमा कारखाना रहेको कम्पनीले पानीले असर नगर्ने, किराले नखाने, बाङ्गोटिङ्गो नहुने, सजिलै कम समयमै फिट गर्न सकिने, सबै प्रकारका घरहरुमा अनुकुल हुने, सस्तो तथा आकर्षक ढोकाहरु उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

यी ढोकाहरुमा कम मात्रामा काठको प्रयोग गरिएको र सुरक्षाका लागि आवश्यक उपचार विधी अपनाइएको छ । कम्पनीका देशैभरिमा ४५ भन्दा बढी ठाँउमा डिलर रहेका छन् ।