काठमाण्डौ । एनआइसी एशिया बैंकले झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा क्रमशः आफ्नो ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा जेठ २० गतेबाट सञ्चालनमा ल्याएको छ । 

केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरे । 

उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा पार्वतीकुमारी राजवंशीलाई नियुक्त गरिएको बैंकले जनाएको छ । 

यसैगरी, आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन पञ्चमूल गाउँपालिका –१ का वडाध्यक्ष लोकप्रसाद ढकालले गरे । पञ्चमूलको शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा गंगाधर ढकाललाई नियुक्त गरिएको बताइएको छ । 

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।