काठमाण्डौ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक झिनो अंकले उकालो लागेको छ । 
 

कारोबार अवधिभरि नेपाल इन्भेष्टमेन्ट बैंक शेयरले धमाका मच्चाएको थियो । यो बैंकको शेयर मात्र १५ करोड रुपैयाँ कारोबार यो । आइतबार झिनो अंकले वृद्धि भई नेप्से परिसूचक १२८३.६७ अंकमा बन्द भयो । बजार खुल्दा नेप्से परिसूचक १२८४.५८ अंक थियो । 
 

आइतबार १ लाख ४८ हजार ४ सय १७ कित्ता शेयर नवील ब्यालेन्स फण्ड, १ लाख १० हजार ८ सय ६ कित्ता नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण शेयर, यस्तै ६५ हजार ९ सय २० कित्ता शेयर सेञ्चुरी कमर्सियल बैंकको तथा नेपाल इन्भेष्टमेन्ट बैंककै ५४ हजार ५ सय १५ कित्ता प्रमोटर शेयर कारोबार किनबेच भएको थियो । आइतबार कुल ९ लाख कित्ता शेयरको कारोबार हुँदा ५३ करोड ४८ लाख पूँजी परिचालन भयो । आइतबार बैकिंग समूह बाहेकका अन्य सबै समूहको सूचकमा रातो पोतियो । सबैभन्दा बढी विमा समूहको नेप्से ४३.९७  अंकले ओरालो लाग्यो ।