काठमाण्डौ । प्रभू बैंकले बिहीबारदेखि काठमाण्डौ महानगरपालिका वडानम्बर ५ टंगालमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

एक समारोहका बीच सो शाखाको बैंकका संचालक अम्बिका शर्मा लामिछानेले उद्घाटन गरेकी थिइन् । 

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । 

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा बिस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहज रुपमा आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।