काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा भदौ २१ र २२ गते क्रमशः चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं १, स्थित टाँडी शाखा तथा रुपन्देही जिल्ला, गैडहवा गाउँपालिका वडा नं ६, स्थित सूर्यपुरा शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

टाँडी शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले दीप प्रज्वलनका साथ  गरेका थिए भने सूर्यपुरा शाखाको समुद्घाटन गैडहवा गाउँपालिकका प्रमुख बेच्छु केवटले गरेका थिए ।

बैंककको टाँडी शाखाका शाखा प्रबन्धक श्याम बाबु तिमल्सिना र सूर्यपुरा शाखाका शाखा प्रबन्धक गोपाल कँडेल,  वरिष्ठ प्रबन्धक  प्रकाश घिमिरे लगायतले सो क्रममा बोलेका थिए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ८० हजार भन्दा बढी रहेको छ ।