काठमाण्डौ । माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनीबीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागि सुविधा स्वरुप रेमिट एप मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ । 

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र ए.एम.भी. टेलको तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे । 

यस समारोहमा टाइम्स रेमीटका महाप्रबन्धक सुदनसिंह सिलवालको पनि उपस्थिति थियो ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहक एवम् सर्वसाधारणले रेमिट एप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । 

बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफूले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस रेमिट एप, आईओएस तथा एन्ड्रोइड दुबै ओपरेटीङ सिस्टम प्रयोगकर्ताका लागि उपलब्ध छ ।