काठमाण्डौ । टाउको दुखेको कम गर्न पारासिटामोल खाने बानी प्रायः हामी सबैको हुन्छ । तर टाउको दुखाइ कम गर्न ‘पारासिटामोल’ भन्दा पनि प्रभावकारी अर्को चिज बरदान साबित हुने एउटा अध्ययनले देखाएको छ । त्यो चिज हो ‘बियर’ ।

हजुर तपाइँले सही पढ्नुभयो । बियर पिउनेका लागि यो खबरले खुसी दिन सक्छ । अब अर्काेपटक टाउको दुख्दा दुई गिलास बियर बिना हिच्किटाहट पियर दुखाइ कम गर्न सक्नुहुन्छ ।

एक अध्ययन अनुुसार पारासिटामोलभन्दा बियरले २५ प्रतिशत बढी आराम प्रदान गर्ने गर्दछ । ग्रिनविच युुनिभर्सिटीका शोधकर्ताले ४०० जना व्यक्तिमा करिब १८ अध्ययन गरेपश्चात् यस्तो निष्कर्षमा पुगेका हुन् ।

अध्ययनअनुुसार बियरमा दुुःखाइ कम गर्ने तत्व हुन्छ र यसले दुखाइको तीव्रता धेरै हदसम्म कम गर्ने गर्दछ । तर दुःखाइ कम गर्छ भनेर बढी मात्रामा सेवनगर्नाले हानी पनि पुर्याउन सक्छ ।

कम मात्रामा बियर पिउँदा मुख्यतः दुईवटा फाइदा हुने गर्दछ । पहिलो यसले ब्लड अल्कोहल लेभललाई ०.०८ प्रतिशतसम्म बढाउँदछ र दोस्रो यसले दुखाइको तीव्रता कम गरी सहन सक्ने क्षमता प्रदान गर्छ ।

अध्ययनमा संलग्न डा ट्रेवर थम्सनका अनुसार बियर प्रभावकारी पेनकिलर भएको पर्याप्त प्रमाण यो अध्ययनले दिएको छ ।

त्यसैले पटकपटक पेनकिलर खानुभन्दा बियर पिउनुु उपयुुक्त हुुन्छ तर बढी मात्रामा बियर पिउनुको पनि छुट्टै साइड इफेक्ट पनि छ । त्यसैले दुःखाइ कम गर्न बियर पिउँदा चिकित्सकको परामर्श लिँदा उपयुक्त हुन्छ । –एजेन्सी