काठमाण्डौ । टाटा मोर्टसको प्रख्यात स्पोर्ट युुटिलिटी भेइकल (एसयुवी) टाटा ह्यारियरको इञ्जिन अझै सशक्त बनेको छ । कम्पनीले ह्यारियरको इञ्जिनको शक्ति बढाएको छ । 

कम्पनीले अब यो यसयुुबीको पफर्ममेन्स पहिलेको भन्दा धेरै अब्बल हुने  जनाएको छ । 

कम्पनीले ह्यारियरको इञ्जिनको पावर १४० एचपिबाट बढाएर १७० एचपि पुर्याएको छ । तर कम्पनीले पहिलेको ह्यारियर मालिकले आफ्नो कारको इञ्जिन भने अपग्रेड गर्ने सुविधा नपाउने स्पस्ट पारेको छ । १७० एचपि पावर केवल नयाँ ह्यारियर कारमा मात्रै उपलब्ध हुनेछ । 

टाटा ह्यारियरलाई जनवरी २०१९ मा लञ्च गरिएको थियो । लञ्च भएदेखि यो कार डिजाइनको दृष्टिकोणले पहिलो स्थानमा रहन सफल भइसकेको छ ।

लञ्च भएको एक वर्ष पछि टाटा मोर्टसले यो एसयुुबीलाई अझै अधिक स्मार्ट र शक्तिशाली एडिसनका साथ भारतिय अटो एक्सपो २०२० मा प्रस्तुुत गर्दैछ । यो कार बिएस भिआई स्र्टान्र्डर्डको हुनेछ । 

कम्पनीले सार्वजनिक गरेको टिजर भिडियो अनुसार न्युु ह्यारियर डीजल इञ्जिनको हुनेछ । अहिले भने ग्राहकलाई १४० एचपि इञ्जिनको ह्यारियर उपलब्ध रहेको छ । नयाँ ह्यारियर कारको सुरुवाती एक्स शोरुम मूल्य १४ लाख ९३ हजार ७ सय ६५ भारतीय रुपैयाँ तोकिएको छ । 

कम्पनीकाअनुसार नयाँ टाटा ह्यारियरको बाहिर र भित्र दुुबैमा केही परिवर्तनहरु देख्न सकिनेछ । यसमा १८ इञ्चको एल्वाई व्हील हुनेछ । र ग्राहकले अझै राम्रो अटोमेटिक ट्रान्समिसनको अनुुभव गर्न सक्नेछन् । कम्पनीकाअनुुसार यसमा कम्पनी फिटेड इलेक्ट्रिकली अपरेटेड प्यानारोमिक सनरुफ पनि उपलब्ध हुने छ ।