काठमाण्डौ । तीनवटा फरक डिजाइनका कार सर्वाधिक रुचाइएपछि टाटा मोटर्सले सन् २०२० सम्म तीन थप नयाँ मोडलका कार बजारमा ल्याउने तयारी गरिरहेको छ । 

टाटा मोटर्सले टियागो, नेक्सन र हेक्सा कार डिजाइनमा निकै परिवर्तन गरेको छ । जुन कम्पनीका लागि निकै महत्वपूर्ण रह्यो । त्यसपछि कम्पनीले नयाँ डिजाइनका साथ टाटा हैरियर लन्च ग-यो, जुन निकै चर्चित पनि बन्यो ।

अब सन् २०२० सम्म तीन थप नयाँ मोडलका कार बजारमा ल्याउने तयारी कम्पनी गृहकार्य गरिरहेको छ । जसमा सबैभन्दा महत्वपूर्ण कार अल्ट्राज प्रिमियम हन्चब्याक हुन सक्छ । यो कार सन् २०१९ जेनेभा मोटर शोमा सार्वजनिक गरिएको थियो । यसका साथै कम्पनीले H2X अर्थात हर्नबिल सबकम्प्याक्ट SUV पनि लन्च गर्नेछ । यो कार सन् २०२० को अन्तिम त्रैमासमा लन्च गरिनेछ । कम्पनीले H7X अर्थात् बजार्ड पनि लन्च गर्नेछ ।

टाटा मोटर्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारु ३६७९.६६ करोड रुपैयाँको घाटा भएको छ । जन अघिल्लो वर्ष यही अवधिमा तुलनामा दोब्बर हो । अघिल्लो वर्ष कम्पनीले भारु १९०२.३७ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । 

टाटा मोटर्सका अनुसार घरेलु अटो उद्योगमा भारी मन्दी छाएको छ । टाटा मोटर्सका म्यानेजिङ डाइरेक्टर गुन्टर बुश्चेक भन्छन्, ‘कन्ज्युमर सेन्टिमेन्ट, नगदको अभाव र एक्सेल लोडको असरका कारण अटो मोबाइल इन्डस्ट्रीमा विशेष गरी मिडियम, हेबी ड्युटी कमर्सियल भेइकल बिक्रीमा निकै असर परेको छ ।’

टाटा मोटर्सको एकल अर्थात् स्ट्यान्ड अलोन रेभेन्यू १९.९ प्रतिशतले घटेर भारु १३३५२ करोड रुपैयाँ र स्ट्यानड अलोन लस भारु ९७ करोड रुपैयाँ पुगेको छ । बुश्चेकका अनुसार बजेट घोषणासँगै आगामी फेस्टिभल सिजनमा गाडी बिक्रीमा तीव्रता आउने अनुमान गरिएको छ।