काठमाण्डौ । टाटा मोटर्सको इलेक्ट्रिक कार ‘टिगोर ईभी’ को नयाँ वेरियन्ट यही हप्ता भारतमा लन्च हुँदैछ ।

यो पहिलाको तुलनामा ज्यानै पावरफुल इन्जि सेटअपमा आउनेछ । यसअघि यो १६.२केब्ल्यूएच ब्याट्रीमा आउँथ्यो । जसमा सिंगल चार्जमा १४२ किलोमिटर दूरी तय सकिन्थ्यो । 

नयाँ टिगोर इभीमा सिंगल चार्जमा २०० किलोमिटर सफर तय गर्न सकिन्छ । अहिले टिगोर ईभी ७२ भोल्टको एसी इन्डक्सन मोटरका साथ आउन लागेको छ । जुन ४०.२३ बीएचपी पावर र १०५ न्युटन मिटरको टार्क जनरेट गर्न सक्छ । यो कारको ब्याट्री करिब ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ । अझ १५केडब्ल्यू फास्ट चार्जरका साथ यसलाई ९० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको अधिकतम स्पिड ८० किलोमिटर प्रतिघन्टा रहेको छ । 

टाटा मोटर इलेक्ट्रिक टिगारका तीन वरिएन्ट एक्सई, एक्सएम र एकटीमा पेस गरिनेछ । यसको मूल्य भारु ११.५८ देखि ११.९२ लाख रुपैयाँबीचमा रहनेछ । 

टाटा टिगोर ईभी धेरैजसो कमर्सियल सेक्टरमा उपयोग गरिन्छ । –एजेन्सी