काठमाण्डौ । दिग्गज ई–कमर्स कम्पनी अमेजनले आफ्ना कर्मचारीलाई चिनियाँ एप ‘टिकटक’ तुुरुन्तै हटाउन दिएको निर्देशनबाट पछि हटेको छ।

टिकटक हटाउन निर्देशन दिँदै कर्मचारीहरुलाई ई–मेल पठाएको पाँच घन्टापछि कम्पनीले भूलवश यस्तो भएको भन्दै प्रस्टीकरण दिएको हो। यसका साथै कम्पनीले टिकटकलाई लिएर आफ्नो नीतिमा कुुनै पनि परिवर्तन नगरेको स्पष्ट पारेको छ। 

पहिले पठाइएको ई–मेलमा सुुरक्षाको कारण देखाउँदै कर्मचारीहरुलाई टिकटक हटाउन आदेश दिइएको थियो। अमेजनले चिनियाँ एपहरुका कारण सुुरक्षा खतरा बढेको भन्दै मोबाइलमा टिकटक प्रयोग गर्न नहुुने धारणा राखेको थियो। तथापि कम्पनीको यो कदमपछि विवाद बढेपछि कम्पनीले भूलवश ई–मेल पठाइएको भन्दै आफ्नो कदमबाट पछि हटेको छ। 

वालमार्टपछि अमेजन सबैभन्दा धेरै निजी कर्मचारी भएको अमेरिकी कम्पनी हो। यसमा विश्वर ८.४० लाख कर्मचारी कार्यरत छन्। – एजेन्सी