काठमाण्डौ । भिडियो सेयरिङ एप टिकटकले विश्वमै ठूलो सफलता प्राप्त गरेपछि यसलाई बनाउने कम्पनीले अब स्मार्टफोन उत्पादन गरेर बजारमा ल्याउने तयारी गरेको छ । 

अहिले टिकटक सबैभन्दा बढी प्रयोग गरिने सोसल मिडिया एप हो । यसका लगभग ५० हजार युजर्स छन् । 

टिकटकमा १५ सेकेन्डको भिडियो पोस्ट गरिन्छ । यो एप प्लेस्टोरमा १०० करोड पटक डाउनलोड गरिसकिएको छ । 

टिकटक एपका डेभलपर बाइटडान्स अब स्मार्टफोनको दुनियाँमा प्रवेश गर्ने विचारमा छ । वाइटडान्ससँग टिकटकका साथै थुप्रै भिडियो र न्युजमा आधारित एपको स्वामित्व छ । जसमा स्ल्याक, फ्लिपचार्ट, टोटिओजस्ता एप समावेश छन् । यद्यपि यसको अत्यधिक रुचाइएको एप टिकटक नै हो । 

चीनको आर्थिक पत्रिका क्याजिङका अनुसार बाइटडान्सको नयाँ मोबाइल सात महिनाभित्रै बजारमा आउने छ । तर चीनमा पहिले नै स्मार्टफोन बनाउने थुप्रै कम्पनीहरु छन् । यस्तोमा टिकटकले ल्याउने स्मार्टफोनले कत्तिको सफलता हात पार्नेछ भन्ने कुरा यत्तिकै भन्न मुस्किल छ । 

सीसीएस इनसाइटका टेक्नोलोजी विशेषज्ञ बेन बुड भन्छन्, ‘अहिले अवस्थामा कुनै पनि नयाँ कम्पनीलाई स्मार्टफोनको बजारमा आएर टिक्न निकै मुस्लिक छ । अहिलेको समयमा एप्पल, सामसुङ र ख्वावेजस्ता कम्पनीले बजार एकछत्र राज गरिरहेका छन्।’ 

फेसबुल, गुगल र अमेजनजस्ता ठूला कम्पनीले आफ्नो प्राविधिका कारण विश्वमा तहल्का मच्चाइरहेका छन् । सोसय मिडिया एपबाट सुरुआत गरेको फेसबुकसँग अहिले ह्वट्स एप र इन्स्टाग्रामजस्ता दुई ठूला कम्पनीको स्वामित्व छ । जब कि फेसबुले आफ्नो एन्ड्रोइड लन्चर एप निकालेको थियो तर त्यसमा सफलता मिल्न सकेन । 

त्यस्तै गुगल कम्पनीले पनि गुगल पिक्सल स्मार्टफोन निकालेको थियो। त्यसमा उसलाई सफलता प्राप्त भए पनि सोसल नेटवर्किङमा गुगल प्लसलाई खासै सफल प्राप्त हुन सकेन । 

अमेजन कम्पनीले ट्याबलेट र इरिडर्स प्रयोगकर्ताले मन पराए तर यही कम्पनीको फायर फोनप्रति खासै चासो देखाएनन् । – एजेन्सी