काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंका बीच बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 
 
सम्झौता अनुसार एनआइसी एशिया बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गले ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशतसम्मको छुट, कान्तिपुर डेण्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

ग्रिनसिटी हस्पिटलसँगको सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलसँगको सम्झौता पत्रमा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलसँगको सम्झौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृतसन्देश जिसीले हस्ताक्षर गरेका थिए । सबै हस्पिटलहरुसँगको सम्झौतामा बैंकको तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेका छन् ।

हाल यो बैंकको देशभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखा रहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ भने करिब १६ लाख ग्राहकलाई बैंकले सेवा दिइरहेको छ।