काठमाण्डौ । दोश्रो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा छौ हामी । यही बेला निर्वाचन आयोगले लगाएको रोकका बाबजुद विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले टिसर्ट र टोपीमा आफ्नो चुनाव चिन्ह प्रिन्ट गरेर लगाउने लहर नै चल्यो । आगामी असोज २ गते २ नम्बर प्रदेशको चुनाव हुँदैछ । त्यसपछि प्रदेश र संघीय संसदको निर्वाचन समेत हुँदैछ । एकपछि अर्को निर्वाचन हुँदा टिसर्ट प्रिन्ट गर्ने विजिनेश अझ फस्टाउनेछ । अन्य सामान्य समयमा समेत टिसर्ट प्रिन्ट गर्ने विजिनेशले राम्रै रिटर्न दिनसक्छ । यसकारण, आम्दानी बढाउनका लागि यदि तपाईले आफ्नै घरमा कुनै विजिनेश गर्ने सोचिरहनुुभएको छ भने टिसर्ट प्रिन्टिङको विजिनेशले मालामाल बनाउनसक्छ । 

प्रिन्टेड टिसर्टको हिजोआज बजारमा उच्च माग छ । कतिपय मानिस आफ्नै हिसाबले समेत टिसर्टमा प्रिन्ट गराएर लगाउने इच्छा राख्छन् । त्यति मात्र होइन, स्कूल, विभिन्न कम्पनी तथा अन्य सामाजिक संघ–संस्थाहरुले समेत टिसर्ट प्रिन्ट गराएर आफ्ना कर्मचारी तथा सर्वसाधारणमा समेत वितरण गर्ने गर्छन् । यसरी हेर्दा यो विजिनेशमा औधी संभावना छ । यो विजिनेशको मुख्य विशेषता भनेको नै कम पूँजीबाट सुरु गर्न सकिने र घरबाटै गर्न सकिन्छ । यदि जानकारहरुको दाबीलाई मान्ने हो भने मात्र ८० हजारदेखि १ लाख ५० हजारसम्मको लगानीमा घरबाटै यो विजिनेश सुरु गर्न सकिन्छ र मासिक ५० हजार भन्दा बढी आम्दानी लिन सकिन्छ । यसबाहेक यदि तपाई आफ्नो विजिनेशमा जम्नुुभयो भने आफ्नो लगानीलाई बढाएर विजिनेशको दायरा समेत बढाउन सक्नुुहुन्छ । यसपछि तपाईको आम्दानी लाख हुँदै करोडसम्म पुुग्न सक्छ । 

१ लाखबाटै काम सुरु गर्न सकिने
टिसर्ट प्रिन्टिङको कारोबार सुरु गर्नका लागि तपाईलाई ठूलो लगानी चाहिँदैन । बजार विज्ञहरुलाई उद्धृत गर्दै न्यूज एजेन्सीहरुले जनाएअनुसार यो बिजिनेशको सुरुवात मासिक १ लाखसम्ममै गर्न सकिनेछ । यसमा केही प्रिन्टर, हिट प्रेस, कम्प्युटर, कागज तथा कच्चा पदार्थसँगै केही टिसर्ट समेत खरीद गर्न सकिन्छ । यदि यो कारोबारलाई सुरुवातदेखि नै ठूलो स्तरमा गर्न चाहनुुहुन्छ भने तपाईले कम्तीमा १० लाख रुपैयाँको जोहो गर्नुपर्छ । 

कुन मेसिनलाई कति पर्छ ?


यी सबै मेसिन भारतमा पाइन्छ । जहाँ टिशर्ट प्रिन्टिङ मेसिन(हिट प्रेस)को मूल्य ११ हजार ९ सय ९९ भारु पर्छ । यस्तै, टेफ्लन सिट २ थानको मूल्य १६ सय भारु पर्छ । सब्लिमेशन पेपर प्रिन्टका लागि आवश्यक पेपर १०० थानको ३ सय भारु पर्छ । ८०५ प्रिन्टरको मूल्य १६ हजार ८ सय भारु पर्छ भने इंक प्रिन्टरको मूल्य २ हजार १ सय भारु पर्छ । यस्तै, प्लेन टिसर्ट १ सय थानको मूल्य १० हजार भारु पर्छ । कम्प्युटर तपाईले ४० हजार रुपैयाँसम्ममा नेपालमै खरीद गर्न पाउनुुहुन्छ । पहिलादेखि नै तपाईसँग कम्प्युटर छ भने यो ४० हजार समेत बच्नेछ । 

७० सेकेण्डमै टिसर्ट तयार


टिसर्ट प्रिन्टका लागि हामीले यहाँ जुन मेसिनको जानकारी दिएका छौ, त्यो म्यानुुएल मेसिन हो । यो मेसिनबाट एउटा टिसर्ट प्रिन्ट गर्न मात्र ७० सेकेण्ड समय लाग्छ । यसका लागि तपाई सबैभन्दा पहिला ८०५ प्रिन्टरबाट सब्लिमेसन पेपरमा डिजाइनको प्रिन्ट निकाल्नुपर्ने हुन्छ । यो रबर इंकबाट तयार गरिन्छ । यसपछि टिशर्ट प्रिन्टर(जो एक हिट प्रेसजस्तो हुन्छ)मा टेफ्लान शिट राखिन्छ । तापक्रम सेट गरेपछि यसमाथि टिशर्ट तथा फेरि डिजाइन प्रिन्ट गरिसकिएको सब्लिमेसन पेपर राखिन्छ । ७० सेकेण्डपछि प्रेसलाई हटाइन्छ र टिसर्ट तयार हुन्छ । 

प्रत्येक महिना ५० हजार बढीको कमाई
बजार विज्ञहरुका अनुसार एउटा टिसर्ट प्रिन्ट गर्दा लगभग ५० रुपैयाँ खर्च हुन्छ । यो म्यानुुअल मेसिनको खर्च हो, यदि तपाईले अटोमेटिक डिजिटल मेसिन राख्नुुभयो भने लागत खर्च अझ कम हुनेछ । बजारमा प्लेन टिसर्ट प्रिन्ट गर्दा मात्रै २ सयदेखि ३ सय ५० रुपैयाँसम्म शुल्क लिइन्छ । ठूलो मात्रामा टिसर्टमा डिमाण्ड आयो भने लागत खर्च अझ कम हुनेछ । यदि तपाईले मासिक ६ सय टिसर्टको मात्र विजिनेश गर्न सक्नुुभयो भने पनि तपाईको खूद नाफा मासिक ५० हजार भन्दा माथि हुनेछ । ठूलो अर्डर आयो भने त तपाईको कमाई अझ माथि पुुग्नेछ । 

-एजेन्सीको सहयोगमा