काठमाण्डौ । तपाईको कार तथा बाइकमा लागेको एउटा स्क्र्याचले पूरा लुक्स बिगारिदिन्छ । भीडभाडयुक्त सडकमा यात्रा गर्दा स्क्र्याच नहोस् भन्दा पनि स्क्र्याच भइदिन्छ । यदि कार तथा बाइकमा लागेको स्क्र्याच बनाउनलाई सर्भिस सेन्टर वा ग्यारेज जानुुभयो भने तपाईको निकै धेरै खर्च पनि हुनसक्छ । तर, केही यस्ता सामान्य तरिका समेत छन्, जसलाई अपनाएर आफ्नो कार तथा बाइकमा लागेको स्क्र्याचको समस्या आफैं हल गर्न सकिन्छ, त्यो पनि थोरै पैसा खर्च गरेर । यसका लागि तपाईलाई केही घरेलु सामान तथा अटोमोवाइलको स्टोर्समा प्राप्त हुने केही चिजहरुको आवश्यकता पर्छ । जसले तपाईको खर्च समेत निकै कम गराउन मद्धत गर्छ ।

यसरी पनि सफा गर्न सकिन्छ स्क्र्याच
पहिलो : साबुन घोलिएको पानीले  स्क्र्याच भएको क्षेत्र राम्रोसँग सफा गर्नुहोस् । यसपछि नरम कपडाले सफा गरिएको क्षेत्रलाई पुछ्नुुहोस् । स्क्र्याच जति बढी सफा हुन्छ, उति नै बढी फाइदा मिल्छ ।

दोश्रो : नरम कपडाको साहाराले जुत्ताको पोलिस स्क्र्याचमा लगाउनुहोस् । यसले स्क्र्याचलाई बिस्तार हुन दिंदैन । यदि स्क्र्याचको लेभल बढ्यो भने त्यसबाट तपाईलाई बढी क्षति हुनसक्छ । 

तेश्रो : चिसो पानीमा लिक्वीड डिस डिजरजेन्ट(भाडा माझ्ने तरल साबुन) हाल्नुहोस् र पानीमा २ हजारदेखि ३ हजार ग्रिट स्याण्डपेपर  हाल्नुहोस् र स्क्र्याच भएको क्षेत्रमा लगाउनुहोस् । यो प्रक्रियामा स्याण्डपेपरले राम्रो काम गर्नेछ । पेपरले त्यतिबेलासम्म स्क्र्याच भएको क्षेत्रमा पुछिरहनुुहोस्, जबसम्म जुत्ताको पोलिस गायब हुँदैन । 

चौथो : त्यो ठाउँलाई नरम ब्रसले सफा गर्नुहोस् । स्क्र्याच भएको सरफेस(तह) मज्जाले सफा हुन आवश्यक हुन्छ । 

पाँचौ : वासक्लोथको प्रयोग गरी स्क्र्याच भएको स्थानमा जतनले रगड्नुहोस् । रगड्दा सर्कल बनाएर रगड्नुपर्छ । 

छैठौ : त्यसपछि सफा पानी र नरम कपडाले सो ठाउँलाई सफा गर्नुहोस् । 

सातौं : त्यसपछि स्क्र्याच भएको स्थानमा कार पोलिस लगाउनुहोस् । यसपछि तपाईले यसको काम र चमात्कार देख्नुहुन्छ, सबै क्षेत्र एउटैजस्तो देखिन थाल्छ । यसलाई पुनः सफा कपडाले सफा गर्नुहोस् र वाक्स लगाएर यो क्षेत्रलाई चम्काउनुहोस् । 

टुुथपेस्टको प्रयोग
तपाई सानोतिनो स्क्र्याचका लागि कहीँकतै जानुपर्दैन । यसका लागि तपाईलाई नरम कपडा र टुुथपेस्ट नै काफी हुन्छ । यसको मद्धतले तपाईले कारमा लागेको स्क्र्याच र कोरिएको भागलाई रिकभर गरी पहिलाको जस्तै बनाउन सक्नुुहुन्छ । यो आइडिया निकै उपयोगी हुन्छ, स्क्र्याचकै कारण तपाईको सवारीको पेन्ट पूर्ण रुपमा खुलेको हुँदैन, सामान्य तरिका अपनाएर त्यसलाई खुलाउन सकिन्छ । 

टुुथपेस्टले तपाईको सवारीको चमक मात्र बढाउँदैन, स्क्र्याचका कारण भएको सामान्य ग्याप समेत मेटाइदिन्छ । यो प्रक्रियामा समेत पहिला सफा पानीले स्क्र्याच भएको ठाउँलाई राम्रोसँग धुनुुपर्छ । त्यसपछि टुुथपेस्टलाई नरम कपडाले स्क्र्याच भएको वा कोरिएको ठाउँमा गोलाकार बनाई घुमाउनुपर्छ । जब जब तपाईले टुुथपेष्टसहितको कपडा घुमाउँदै जानुुहुन्छ, तब तब स्क्र्याच हट्दैछ, हराउँदै जान्छ । यसपछि पुनः कार वा बाइकलाई पानीले सफा गर्नुपर्छ ।