काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अल्कोहलजन्य पदार्थमा लगाइने अन्तशुल्क वृद्धिको व्यवस्था गरेपछि धेरै बियरले मूल्य बढाएका छन् । तर, नेपालको बियर बजारमा बलियो पकड जमाएको गोर्खा ब्रुअरीको टुबोर्ग बियर भने पुरानै मूल्य पाइने भएको छ । 

सरकारले प्रस्तुत गरेको बजेटमा मानव स्वास्थ्यमा प्रभाव पार्ने अल्कोहलजन्य पदार्थमा लगाइने अन्तःशूल्क वृद्धि गर्ने व्यवस्था गरिए पनि टुबोर्ग भने पुरानै मूल्य (रु २९५) मै उपलब्ध हुने गोर्खा ब्रुअरीले जनाएको हो । 

कम्पनीले अन्तशुल्क वृद्धिबाट बियरको मूल्यमा पर्ने थप भार आफैंले व्यहोर्ने प्रष्ट पारेको छ । बजारमा ३०० सय रुपैयाँमा पाइने अन्य बियरको मूल्य ३५० रुपैयाँ पर्न थाले पनि टुबोर्गले भने पुरानै मूल्यमा उपलब्ध गराउने घोषणा गरेको हो । 

टुबोर्ग बियर नेपालमा बिक्री हुने बियरमध्येमा अग्रस्थानमा रहेको कम्पनीको दाबी छ ।

उपभोक्तामाझ लोकप्रिय रहेको यो उत्पादनको मूल्य बढ्दा भार पर्ने भएकाले कम्पनीले मूल्य यथावत राखेको हो । यसअघि जेठ १५ गते संसदमा प्रस्तुत बजेटमा चुरोट र रक्सीमा २० प्रतिशत मात्रै अन्तःशुल्क बढाएको थियो भने बियरमा ३० प्रतिशतले अन्तःशुल्क वृद्धि गरिएको थियो । बियरमाथि सरकारले विभेदकारी नीति लिएपछि उपभोक्तामा पर्नजाने आर्थिक व्यय भारलाई कम गर्न गोर्खाले पुरानै भाउ कायम गर्ने निर्णय गरेको हो ।