काठमाण्डौ । डेनिस ब्राण्ड टुबोर्गले, पहिलो सांगीतिक अभियानको सफलतापश्चात, ‘टुबोर्गओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ । जसले यस वर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकारहरुको खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगीतिक ट्रयाकहरु बनाउने भएको छ ।

टुबोर्गओपनले अभियानको यस दोस्रो वर्षमा फेरि एकपटक उत्कृष्ट संगीतकारहरुसँग मिली केही विशेष रचना गर्दैछ । एउटै विश्वव्यापी सन्देश भएको विश्वभरका प्रत्येक कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ गाउने छन् । टुबोर्गको एसिया र युरोपभरिको प्रमुख बजारका कलाकारहरुले मानिसहरुलाई आफ्नै तरिकामा ‘ओपन टु मोर’ हुन पे्रेरित गर्नेछन्, जसले भरोसाको शक्ति र खुल्ला मनोवृत्तिले हामी सबैको जीवनको मूल्य बढाउँछ भन्ने कुरामा जोड दिन्छ।

अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’(जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए), डेनमार्कका लोकप्रिय कलाकार ‘मो’सँग फेरि आएका छन् । उनीहरु मिलेर ‘स्टे ओपन’ नामक ट्रयाक रचना गरेका छन् । जसमा, विश्वभरका कलाकारहरुलाई ‘ओपन टु मोर’ हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुत गरी पुनःलेखन गर्ने निम्तो गरिएको छ ।

डिजे तथा गायक ‘ईभान र्डोन’ रसियासँग काम गर्दैछन् भने, भारतसँग ‘विशाल डढलानी’ संलग्न भएका छन्, जसको सांगीतिक प्रभाव बलिउडदेखि ईन्डि रकसम्म फैलिएको छ । नेपालमा दुईजना लोकप्रिय स्थानीय कलाकारहरुसँग सहकार्य गरिनेछ, लोकप्रिय नेपाली र्यापर ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’, जो उनको समकालीन लोक संगीतका लागि चिनिन्छन् । गायक–गीतकार ‘लेभान्टे’ले ईटालीमा हुने अभियानको नेतृत्व गर्नेछन् । चीन, बल्गेरिया र म्यानमारका बजारहरुबाट अन्य कलाकारहरु निश्चित हुन बाँकी नै छ ।

यस वर्षको अभियानबारे बोल्दै, डिप्लोले भने, “टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुन पाउँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको थियो र ‘मो’ र म ‘स्टे ओपन ’ट्रयाकमा काम गरिरहेका थियौं । मानिसहरु धेरै अवस्थामा अन्तरमूखी स्वभावका हुन्छन् । यो ट्रयाक नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”

“यस ट्रयाक यस अभियानलाई सुहाउँदो छ र विश्वभरका कलाकारहरु खुल्ला सोच हुनुपर्ने विचारलाई आफ्नो तरिकामा ढाल्न र आफ्ना धारणाहरु थप गर्ने सोच लिएर आइरहनु भएको छ जुन, यस योजनाको सबै भन्दा उत्कृष्ट पक्ष हो ।” डिप्लोले भनेका छन् । 

डेनिस गायक तथा गीतकार ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन्-“मेरो लागि तयार  गरिने अन्तिम सांगीतिक ट्रयाकको यात्रा नै उत्कृष्ट रहेको छ । नयाँ चल्तीहरुको बारेमा खुल्ला रुपले साेंच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरु, कहिले–काही राम्रो सँग मिल्न जान्छ, मलाई यस प्रक्रियामा सिकिने अनुभव गर्न सकिने तथा शुरुमा आफूसँग भएको ट्रयाक पूर्ण रुपले फरक देखिने पक्ष मन परेको छ र म निकै उत्साहित छु ।”

आफ्नो उत्सुक्ता व्यक्त गर्दै लाउरेले भने, “टुवोर्गले सधैं नेपालमा सांगीतिक सहकार्य र कार्यक्रमहरु गरिरहेको छ र मैले उहाँहरुसँग धेरै स्थानिय कार्यक्रमहरुमा काम गरेको छु । यसपटक टुबोर्ग ओपनले विश्वभरको संगीतकारहरुलाई एउटा ओपन अन्तर्राष्ट्रिय मञ्चमा ल्याएको छ । टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा भाग्यशाली र उत्साहित भएको महसुस गरिरहेको छु । यस अभियानबाट, बिपुल र म ओपन फर मोर का लागि टुबोर्ग इन्टरनेशनलसँग केही नयाँ रचना गर्दैछौं ।”

बिपुलले थपे, “टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरे सँगको शानदार सहकार्यमा सहभागी हुन पाउँदा उत्साहित छु । मेरो लागि संगीत भनेको खुल्ला सोच बनाउनु हो, जुनबिना हामी कला सिर्जना गर्न सक्दैंनौ । मेरो लागि टुबोर्ग ओपन कोलाब्रेशन् , सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो । संगीत भनेकै नयाँ कुराहरु सिक्नु र नयाँ विचारहरु खोज्नु हो । संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरुसँग सहकार्य गर्न पायौं र टुबोर्ग ओपन मा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।”

उक्त विश्वव्यापी ट्रयाकको ११ मे २०१८ मा रिलीज भएको थियो र स्थानिय ट्रयाकहरु भने जुनमा रिलीज हुनेछन्, जसमा विश्वव्यापी र स्थानीय कलाकारहरुको आफू ‘ओपन टु मोर’ भएको यात्राको कथा हुनेछ । यस अभियान अन्–प्याड र डिजिटलका साथ चल्नेछ र वर्षको पछि डिप्लो र मो तथा स्थानीय कलाकारहरुको साथ लाईभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गरिनेछ ।

गोर्खा ब्रुअरी प्रा.ली.का मार्केटिङ डाईरेक्टर, बैभव शर्मा यो अवसरमा भने, “हामी टुबोर्ग अन्तर्राष्ट्रिय ‘डिप्लोे’ र‘मो’लाई यहाँका स्थानीय कलाकार ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’सँग टुबोर्ग ओपन गानामा सहकार्यको लागि घोषणा गर्न पाउँदा निकै उत्साहित छौं । यो हाम्रो कलाकारहरुका लागि ठूलो अवसर हो र टुबोर्ग नेपालका लागि यो सहकार्य निकै अविस्मरणीय रहनेछ ।”