काठमाण्डौ । नब्बेको दशकतिर बहुचर्चित प्रेमगीत ‘माया मेरी माया’ को प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।

मूलतः ‘क्रसरोड्स’ ब्यान्डले प्रदर्शन गरेको उक्त गीत च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने ‘टुबोर्ग ओपन सेसन्स् २’ मा सञ्जय श्रेष्ठले संगीतकार बिनायक शाहका साथमा प्रदर्शन गरेका हुन् । सन् १९९२ मा श्रेष्ठले पप ब्यान्ड ‘क्रसरोड्स’ स्थापना गरेका थिए । जसले आफ्नो पश्चिमी र नेपाली सांगीतिक शैली मिलाई प्रस्तुत गरेका गीतहरुबाट लोकप्रियता प्राप्त गर्यो​ ।

श्रेष्ठले ‘माया मेरी माया’ लगायत विभिन्न लोकप्रिय गीतहरु निर्माण गरेका छन् । क्रसरोड्सको पहिलो एल्बम ‘नयाँ मोड’ मा ‘अन्जान मायालु’, ‘त्यो मुटुलाई’ र बहुचर्चित ‘माया मेरी माया’ जस्ता गीत समावेश थिए । जसले ब्यान्डलाई नेपाली संगीत क्षेत्रमा चिनाउन सहयोग पुर्यायो ।

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो । जसमा विभिन्न प्रसिद्घ कलाकारको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएका प्रस्तुतिहरु पेस गरिन्छ ।

उक्त डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्यमार्फत पुराना र हालका लोकप्रिय गीतहरुको बढवा गर्दछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररीमार्फत युट्युबमा अपलोड गरिएको थियो । जसले १ करोडभन्दा बढी भ्युज संकलन गरेको छ ।

टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ । जसले नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पुर्याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।
गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ निर्देशक वैभब शर्मा भन्छन्, “टुबोर्ग ओपन सेसन्स् नेपाली संगीतको बढवा गर्ने हाम्रो निरन्तर प्रयासको एक पहल हो, जसले प्रख्यात कलाकारहरूको प्रशंसा गर्दछ र उदाउँदो कलाकारहरूलाई मञ्च प्रदान गर्दछ । अहिलेको यस डिजिटल संसारमा हामी सोच्छौ युट्युब संगीत प्रेमी र धेरै दर्शकहरुमाझ पुग्न र कलाकारहरूलाई प्रोत्साहन प्रदान गर्न उत्तम तरिका होे।”