काठमाण्डौ । चर्चित गायक नितेशजंग कुँवरले विश्वप्रसिद्ध समूह क्लिन ब्यान्डिटसँगको सहकार्यमा आफ्नो नयाँ गीत“खुलेर डल्लै” सार्वजनिक गरेका छन् । 

नितेश विश्वव्यापी टुबोर्ग ओपन अभियानको हिस्सा रहेका छन् जसले संगीतमार्फत मानिसहरुलाई आफूलाई थाहा भएको र मनपर्ने कुराहरुको सीमा तोड्दै ओपन टु मोर हुनका लागि प्रोत्साहन गर्दछ । युट्युबमा टुबोर्ग नेपालको च्यानलमा ‘खुलेर डल्लै’ रिलिज भएको छ ।

नितेशजंग कुँवरले शुरु गरेका उक्त ट्रयाकमा विश्वभर परिचित समूह क्लिन ब्यान्डिटले सहकार्य गरेका छन् । २ दिने भ्रमणमा स्टुडियोमा सँगै समय बिताए सँगै क्लिन ब्यान्डिटका ग्रेस, ज्याक र ल्युकलाई नितेशले सुन्दर शहर काठमाडौंको व्यस्त बसन्तपुरदेखि किर्तिपुरका विभिन्न ठाउँहरुको अवलोकन गराए । 

केही मौलिक नेपाली खानाको स्वाद र नेपाली सांगीतिक बाजारमा रमाई उनीहरुले दिनको अन्तमा स्टुडियोमा उक्त ट्र«याक बनाएका हुन् । काठमाडौंको छोटो भ्रमणले उनीहरुलाई नेपाली संस्कृति र संगीतको आभाष दिलाएको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर, बैभव शर्मा भन्छन्, “टुबोर्गको संगीतसँग निकै बलियो सम्बन्ध रहेको छ र हामीले सधैं कलाकारहरुलाई प्लाटफर्म प्रदान गर्ने कोशिश गर्दै आईरहेका छौं । हाम्रो आफ्नै नेपाली कलाकारको बहुचर्चित अन्तराष्ट्रिय समूहसँग सहकार्य रहेकोले यो साँगीतिक सहकार्य उल्लेखनीय रहेको छ । हाम्रो नेपाली संगीतलाई अन्तराष्ट्रि यबजारमा चिनाउन र उत्थान गर्नका लागि यो हाम्रो एउटा प्रयास हो ।”

यस वर्षको टुबोर्ग ओपन अभियानको धेरै नयाँ रिलिजहरु मध्ये “खुलेर डल्लै” एक हो, जसले संगीतप्रेमीहरुलाई नयाँ र विविध अनुभवहरु लिई ओपन टु मोर हुनका लागि प्रोत्साहन गर्ने लक्ष्य राख्दछ । पूरा ग्लोबल ट्र«याकहरुको प्लेलिस्ट विभिन्न डिजिटल स्ट्रिमिङ प्लेटफर्महरुमा सार्वजनिक हुनेछ ।