काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा टुरिजम् डेभलपमेन्ट बैकले २१ कारेड २४ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिका तुलनामा बैंको नाफा १२ दशमलव २५ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले २० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको चुक्ता पूँजी २ अर्ब ३१ करोड रहेको छ भने जगेडा कोषमा ४४ करोड २२ लाख रुपैयाँ रहेको छ । १३ अर्ब ७२ करोड निक्षेप रहेको बैंकले १२ अर्ब ४२  करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । 

पूँजी वृद्धिका कारण बैंकको प्रतिशेर आम्दानी भने खस्केको छ । करीव १ सय ८ प्रतिशत पूँजी वृद्धि गरेको बैंकको प्रतिशेयर आम्दानी भने ५० प्रतिशतले कमी आएर १२ दशमलव २५ रुपैयाँ कायम भएको छ । यसैगरी बैंकको प्रतिशेयर नेटवर्थ १ सय १९ रुपैयाँ कायम भएको छ । यसैगरी खराब कर्जा अुनपात समेत करीव २० प्रतिशतले कम भएको देखिएको छ । बैंकको खराब कर्जा अनुपात १ दशमलव ४ प्रतिशतमा खुम्चिएको छ ।
 
मेगा बैंकसँग मर्जर प्रक्रियामा रहेको बैंकले चाँडै नै सो बैंकसँग संयुक्त कारोबार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।