काठमाण्डौ । टुरिजम् डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उच्च प्रतिफल प्रदान गर्ने गरी ''१९९ दिने स्वर्णिम मुद्धती निक्षेप योजना'' ल्याएको छ । 

यस मुद्दती निक्षेप योजनाको अवधि १९९ दिन रहेको छ । यो योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु ५००,००० (पाँच लाख रुपैया) मा ९ प्रतिशतको आकर्षक ब्याजदर मुद्दती अवधिको समाप्तिमा पाउने बैंकको नायव प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले बताएका छन् । 

यस्तै, बैंकले आफ्ना ग्राहकका लागि सो मुद्दती निक्षेपको ९५ प्रतिशतसम्मको सरल कर्जा सुविधा पनि उपलब्ध गराउने व्यवस्था गरिएको बताइएको छ ।