काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र दरखास्त संकलन सम्बन्धी कार्य गर्नको लागि अनलाइन आस्वा प्रणालीको सुरुवात गरेको छ । 

धितोपत्रको सार्वजनिक निश्कासन कार्यलाई छिटोछरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्नसक्ने व्यवस्था गर्ने उद्देश्य रहेको यस प्रणालीमा, टुरिजम बैंकमा खाता खोल्ने ग्राहकले इन्टरनेट बैंकिङ्गमार्फत घरमै बसी आवेदन दिन सक्ने बताइएको छ । 

इन्टरनेट बैंकिङ्गमार्फत प्राप्त निवेदनको आधारमा बैंकले खातामा रकम रोक्का राखी शेयर आवेदन स्वीकार गर्ने छ । शेयर बाँडफाँडपछि बाँडफाँड भएको रकम खातामा खर्च लेखी बाँकी रकम फुकुवा गरिनेछ ।