काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले तराई-मधेश क्षेत्रका बाढी तथा डूूबानपीडितका लागि १२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा जम्मा हुने गरी प्रदान गरेको छ । 

बैंक र कर्मचारीको तर्फबाट गरी रु. १२ लाख रुपैयाँको चेक आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

चेक बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कंडेल, संचालकहरु दिपक महत, ठाकूर प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल सम्मिलित टोलीले प्रम देउवालाई हस्तान्तरण गरेको थियो । 

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा सामाजिक कल्याणका क्षेत्रमा आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएको छ ।