काठमाण्डौ । देशकै सबैभन्दा धेरै चुक्तापूँजी भएको कम्पनी नेपाल टेलिकमका सेयरधनीलाई चैत १ गते(मंगलबार)देखि नै नगद लाभांश वितरण गरिने भएको छ । 

टेलिकमको सोमबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश वितरणको संचालक समितिको प्रस्तावलाई पारित गरेको थियो । 

वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेसँगै सेयरधनीलाई चैत १ गतेदेखि नै नगद लाभांश वितरणको काम थालिने नेपाल टेलिकम संचालक समितिका अध्यक्ष तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले जानकारी दिए । 

कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ११ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको थियो । सोही नाफाबाट लगानीकर्ताले ५१ प्रतिशत नगद लाभांश वितरण हुन लागेको हो । 

टेलिकमले ७ अर्ब ६५ करोड रुपैयाँ नगद लाभांशको रुपमा वितरण गर्नेछ । नेपाल टेलिकममा ९१.४९ प्रतिशत लगानी सरकारको छ । यो कम्पनीमा सर्वसाधारणको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ र नागरिक लगानी कोषले ०.०३ प्रतिशत लगानी रहेको छ । यसको अर्थ, घोषित नगद लाभांशमध्ये करिब ७ अर्ब रुपैयाँ सरकारी ढिकुटीमा जम्मा हुनेछ । सर्वसाधारण सेयरधनीको भागमा ६५ करोड बढी नगद बाँडिने छ । 

यसैबीच, वार्षिक साधारणसभामा उठेका प्रश्नहरुको जवाफ दिंदै संचालक समितिका अध्यक्ष तथा संचार सचिव गुरुङले कम्पनीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए । उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गण्ुाात्मक सुधार गर्न प्रतिबद्ध रहेको प्रष्ट्याए ।

आर्थिक वर्ष २०७२/७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी गराउँदै सो अवधिमा कुल राजस्व ३.६८ प्रतिशतले वृद्धि गरी खुद मुनाफा रु. १३ अर्ब ६८ करोड कायम राख्न कम्पनी सफल भएको र गत आर्थिक वर्षको तुलनामा १५.६५ प्रतिशतले ग्राहक संख्या वृद्धि भएको जानकारी दिए । 

उनले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने अति विकट तथा दुर्गम क्षेत्रहरूमा समेत निरन्तरता दिइराखेको र सार्वजनिक खरिद ऐन, २०६३ को पहिलो संशोधन २०७३ बाट बोलपत्र, खरिद सम्झौता लगायतका प्रावधानमा भएका संशोधनलाई समावेश गर्न कम्पनीको खरिद कार्यविधि मस्यौदा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । कम्पनीको सेवा विस्तारमा र सेवाको गुणस्तर कायम गर्न अहम् भूमिका निर्वाह गर्ने आपूर्तिकर्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई थप जिम्मेवार भई कम्पनीसँग सहकार्य गर्न अभिपे्ररित गर्न खरिद सम्झौतामा नै यथोचित व्यवस्था मिलाउने गरी प्रक्रिया सुरु भएको समेत उनले बताए । 

उनले कम्पनीबाट सञ्चालित आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्ने उद्दश्ेयले आयोजना कार्यान्वयनको अनगुमन प्रणालीलाई प्रभावकारी बनाई तोकिएको अवधिभित्र आयोजना सम्पन्न गर्ने सम्बद्ध पक्षहरूलाई पुरष्कृत गर्ने र नियतवश ढिलाई गर्नेलाई दण्ड जरिवाना गर्ने व्यवस्था कडाईका साथ लागू गर्ने व्यवस्था मिलाइने बताए । 

कम्पनीलाई सक्षम र प्रतिस्पर्धी बनाउदै सेवाग्राहीले तिरेको सेवाको मूूल्यलाई सन्तुष्टिमा परिणत गरिनेमा जोड दि । उनले रणनीतिक योजनालाई समय अनुकुल बनाउने, आयोजनाहरुलाई समयमै सम्पन्न गर्न योजनाबद्धरुपमा अघि बढिने बताउँदै रणनीतिक साझेदार बर्तमान आवश्यकता भएकोले यससम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गरिने पनि बताए । 

त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित साधारणसभामा सर्वसम्मतले सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७३ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७२/७३ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण पारित भएको थियो ।