काठमाण्डौ । नेपालको अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकमको इतिहासमै पहिलो महिला प्रमुखको रुपमा ०७३ असोज ६ गते मन्त्रीपरिषदबाट नियुक्त कामिनी राजभण्डारीको कार्यकाल एकवर्ष पूरा भएको छ । 

उनले नेपाल टेलिकमको नेतृत्व सम्हाल्दै गर्दा एक महिला पात्रले सबैभन्दा पुरानो दूरसंचार प्रदायक कम्पनीमा पहिलो महिला प्रमुखको इतिहास बनाएको बिषयले खूूबै चर्चा पायो । त्यति मात्र होइन, उनी आफैंले समेत आफूअघिका प्रमुखहरुले गर्न नसकेका कतिपय काममा ब्रेक थ्रूू गर्ने र नेपाल टेलिकमप्रतिको खस्कँदो जनविश्वास तथा यसका सेवाको खस्कँदो गुणस्तरमा आमूल सुधार गर्ने कसम खाइन् । 

नियुक्तिको ठीक एकवर्षपछि अर्थात आज(असोज ६ गते) शुक्रबार कामिनीले नेपाल टेलिकममा पत्रकार सम्मेलन गरी आफूले एकवर्षमा गरेका कामहरुको बिषयमा बुँदागत रुपमा बेलिबिस्तार लगाइन् ।

उनले यो एक वर्षको अवधिमा के के गरिन् ? हेरौं बुँदागत रुपमा:

सेवा वितरणतर्फ
२०७१ असार मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार १ करोड ५० लाख १५ हजार २६ रहेकोमा २०७४ असार मसान्तसम्ममा १७.२३ प्रतिशतले वृद्धि भई कुल ग्राहक आधार १ करोड ७६ लाख २ हजार २ सय २ पुुगेको छ । 

२०७३ असार मसान्तसम्म ७६ लाख ७ हजार ५ सय ६९ डाटा तथा इन्टरनेटतर्फका ग्राहक रहेकामा २०७४ असार मसान्तसम्म १०.७६ प्रतिशतले वृद्धि भई कुल डाटा तथा इन्टरनेट ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ पुुगेको छ । 

कम्पनीको भ्वाइस सेवाको टेलिघनत्व ५३.७१ प्रतिशतबाट वृद्धि भई ६२.१३ पुुगेको छ भने डाटा सेवाको घनत्व २७.२१ बाट बढेर २९.७४ प्रतिशत पुुगेको छ ।

आर्थिक उपलब्धि
अघिल्लो वर्ष ४४ अर्ब २१ करोड रुपैयाँ कम्पनीको कुल आम्दानी रहेकोमा आर्थिक वर्ष २०७३ ७४ को चौथो त्रैमाससम्म १.४ प्रतिशतले बढेर ४४ अर्ब ८३ करोड पुुगेको छ । यसैगरी, कुल खर्च गत वर्ष २५ अर्ब ९८ करोड भएकोमा यो वर्ष ६.२४ प्रतिशतले घट्न गई २४ अर्ब ३६ करोड कायम भएको छ । 

गत वर्ष १३ अर्ब २७  करोड करपछिको मुनाफा भएकोमा यो वर्ष १३.११ प्रतिशतले बढेर १५ अर्ब १ करोड पुर्याउने सफलता मिलेको छ । यस्तै गत वर्ष टेलिकमको प्रति सेयर आम्दानी ८८.४७  रुपैयाँ रहेकोमा बढेर यो वर्ष १००.११ रुपैयाँको उचाईमा पुुगेको छ । 

अन्य उपलिब्ध हेरौं, कामिनीकै भाषामा: